blob: 8fce5509349d310ede3cc727e66caba9f4d29d55 [file] [log] [blame]
// This text is an extract from the Nepali Wikipedia article about Nepal
// (नेपाल): https://ne.wikipedia.org/wiki/नेपाल
//
// The extract is based on the Wikipedia database dump. All markup has been
// removed using WikiExtractor: https://github.com/attardi/wikiextractor
//
// The material is licensed under the Creative Commons Attribution-Share-Alike
// License 3.0: https://creativecommons.org/licenses/by-sa/3.0/
const String ne = '''
नेपाल
नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित "ग्रीनवीच मिनटाइम" भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।
नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्वाई ८८५ कि.मि. छ । उत्तरदेखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको औसत चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यसबाहेक बौद्ध, इस्लाम, किराॅत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन् । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलाहरु मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुर र भक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन् ।
नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो । निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो ।
माओवादीहरूले राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनीतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्‍यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्‍यो । अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको "सङ्घीय लोकतान्त्रिक गणराज्य, संविधानसभा" को पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो । नेपालको भूगोल सानो भए पनी नेपालीहरु को मन ठुलो छ ।
हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाडौं उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।
ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।
ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर''';